सकिँदै ओली गुट, मन्त्रीहरु नै नेकपाको मूल घरमा फर्कदै

सफल खबर संवाददाता

शुक्रबार, ३० माघ २०७७, ०८ : ४४
सकिँदै ओली गुट, मन्त्रीहरु नै नेकपाको मूल घरमा फर्कदै

काठमाडौं । नेकपाभित्रका अवसरवादी र प्रतिगामी गिरोहका रुपमा परिचित खड्ग ओली गुटभित्र एक अर्कालाई सिध्याउनेसम्मको खेल शुरु भएको छ । विधि नमानेका, संविधान नमानेका, कानून नमानेका र संविधान खारेज गर्ने साजिमा लागेका ओली गिरोहका धेरैजसो नेता तथा कार्यकर्ता क्रमशः मूलघरमा फर्कन लागेका छन् । ओली प्रतिगामी हुन्, ओली,संविधान विरुद्ध जाने पात्र हुन् भन्ने तथ्य क्रमशः स्थापित हुँदै गएपछि अब उनी क्रमशः एक्लै हुने अवस्थामा पुगेका छन् । 

ओलीले पूर्वमाओवादी समूहका केही अवसरवादीलाई फकाउने प्रयास गरे, तर त्यो असफल भए । ओलीले पदकोे लोभ देखाए । पैसाको तागत देखाउने कथित प्रयास गरे । पद र प्रतिष्ठामा भोका केही भगौडाहरुलाई हातमा लिने प्रयास गरे । सोही प्रयास नै आज ओलीका लागि घात सिद्ध भएको छ । ओली समूहमा लागेका भनिएका केही पूर्वमाओवादी नेताहरु ओलीको साथ छाडेर मूल घरमा फर्कने तयारी गरेका छन् । ओलीले आफूहरुलाई असाध्यै पेलेको र आफूहरुको मागको कुनै सुनुवाई नभएको निष्कर्ष उनीहरुले निकालेका छनु । 

विशेषगरी सिपाही बिनाको जर्नेल जस्ता भएका गृह मन्त्रालयको समेत नेतृत्वमा रहेका रामबहादुर थापा समूह अब मूल घरमा फर्कने तयारीमा छन् । पछिल्लो पटक युवा संघमा ओली गिरोहले लिनप्याओवादका नेपाली संस्करण भनेर चिनिएका रामबहादुर समूहलाई कुनै भाऊ दिएन । युवा संघमा भाग पाउन नेकपा अध्यक्ष प्रचण्डलाई घुक्र्याएको जस्तै घुक्र्याएको थापाको गुटले अन्त्यमा केही पनि पाएन । ओली समूहको ज्यादतीका सामु थापा गुट निरिह भएर निस्केको छ । सोही कारण ओली गिरोहभित्र अब ठूलो संकट पैदा भएको जानकारहरु बताउँछन् । 

ओलीले हैसियत भन्दा बढी पद मागेको भन्दै रामबहादुर गुटलाई बार्गेनिङ नगर्न चेतावनी नै दिएको छ । पद चाहिने भए उतै गएहुन्छ, ओलीले थापा गुटलाई यस्तै चेतावनी दिएको बताइन्छ । थापा गुटका एक सदस्यका अनुसार ओलीले भाऊ दिएनन् । विगतमा सहअध्यक्ष दिने भनिएपनि अहिले त्यसबारेमा ओलीले कुनै परिचर्चा समेत नगरेको थापा गुटको भनाइ छ । ओलीले सहअध्यक्ष दिन्छन् भनेर हाम फालेर गएका थापा गुट अब घरको न घाटको हुने अवस्थामा पुगेको छ । ओलीले सहअध्यक्ष दिन्छु भनेकै भरमा मूल घर छाडेर आइयो, अब त बीचमा पो परिने भइयो त ? रामबहादुर गुटले गर्ने गरेका आन्तरिक छलफलमा यस्तै जिज्ञासा उत्पन्न हुने गरेको छ । 

जानकारहरुका अनुसार केही दिन पहिले रामबहादुर गुटले मन्त्री क्वाटर पुल्चोकमा एउटा भेला बोलाएका थिए । भेलाको संयोजन पछिल्ला दिनमा गृहमन्त्रालय मार्फत हुने काम कारवाहीमा चलखेल गर्न भर्ती गरिएका विरु तमाङले गरेका थिए । रामबहादुरले तामाङलाई नै गृहमन्त्रालय मातहतको सरुवा बढुवामा पैसा उठाउने जिम्मा दिएका छन् । यस्तै गृहमन्त्रालयमा डोरी भनेर चिनिएका इन्द्रजीत राई पनि थापाका लागि मन्त्रालयमा बसेर पैसा माग्ने काम गर्छन् । उनीहरुमाथि लागेको आरोपबारे प्रतिक्रिया लिन तामाङ र राईलाई फोन गर्दा उठाउँदै उठाएनन् ।

राईलाई सुरक्षा सल्लाहकारको रुपमा थापाले नियुक्त गरेका हुन् ।  थापाले आयोजना गरेको भेलामा ओली विरुद्ध राम्रै प्रवचन दिएका थिए । रामबहादुरको कथित प्रवचन सुन्न भेला भएका नेता तथा कार्यकर्ताले भने, अब ओलीलाई छाडेर मुल घरमा फर्किनुपर्ने बताएका थिए । 
भेलामा थापाले ओलीको निघृणी चरित्रको बारेमा जानकारी गराएका थिए । ओलीले न त कुर्सी दिन्छ ।  नत पद र प्रतिष्ठता नै दिन्छ । यसले हामीलाई उपयोग ग¥यो । त्यसकारण अब हामी घरको न घाटको हुने भयौ, केही उपाय खोज्नुप¥यो । सहअध्यक्ष दिन्छु भनेर उता लागियो, अहिले त कुरा गर्न थाल्यो कि धेरै बार्गेनिङ नगर भनेर ओलीले जवाफ दिने गरेका छन् । 

भेलामा थापाले भनेको कुरा उदृत गर्दै एक सहभागीले भने, अदालतले पनि प्रतिनिधिसभा पुनः स्थापना गरिदिने सम्भावना बढेर गएको छ । ओली पक्षमा वकिल र सरकारी वकिलको बहसअसाध्यै फितलो भएको छ । यही आधारमा हेर्दा, ओलीको सरकार तत्काल ढल्ने नै देखिन्छ । उनले न त चुनाव गराउन सक्छन्, न त उनले भने जस्तो निर्वाचन आयोगले आधिकारिताको नै मान्यता दिन्छ । त्यस्तो अवस्थामा अब  हामी घरको न घाटको हुन लाग्यौ । 

प्रचण्ड, माधव नेपालहरु राजनीतिक एजेण्डाका साथ संघर्षको मैदानमा छन् । हामी भने खाई न पाई छालाको टोपी लाई भन्ने अवस्थामा पुगेका छौ । भोलि संसद पुनः स्थापना भयो भने हामीलाई नै सबैभन्दा घाटा हुन्छ । न त पद पाउने, न त मन्त्री नै हुने अवस्था रहन्छ । त्यसकारण अब प्रचण्ड नेपालको पार्टीमा जानुपर्छ । 

थापाले अझ अगाडि सरेर भने, ओलीबाट पार लाग्दैन । हामीलाई त जनताले र आफ्नै नेता तथा कार्यकर्ताले समेत थुक्ने अवस्था आयो । युवा संघमा समेत त्यत्रो रडाको गरिहाले । भेलामा सहभागी एक कार्यकर्ताका अनुसार आत्मसपर्मण गर्ने भन्दा पनि मूल घर फर्कनु नै उपयुक्त हुन्छ भनेर हामीले आफ्नो धारणा राख्यौ  । 

यस्तै, ओलीले ऊर्जा मन्त्री बनाएका टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापालाई समेत धेरै बार्गेनिङ गर्ने भए उतै गएहुन्छ भनिदिएका छन् । टोपबहादुरले जिल्ला सदस्य समेत नभएकालाई केन्द्रीय सदस्य बनाउन ओलीलाई भनेका थिए । यस्तै भनेका थिए प्रभु साहलाई समेत । दौरा न सौराको खल्तो भन्दै कुरा शुरु गरेका ओलीले टोपबहादुरको नामै लिएर भनेका थिए, म सँग बार्गेनिङ गर्ने होइन । बस्न मन भए बसे हुन्छ, बस्न मन नभए गए हुन्छ उतै । 

ओलीले टोपबहादुरलाई मात्रै नभई मणि थापालाई समेत आफ्नो हैसियतमा बस्न भनिदिएका छन् । ओलीको प्रतिगामी कदमलाई सही भन्दै एकाध महिनाको जागिर खान जानेमा पूर्व माओवादीका तर्फबाट रामबहादुर टोपबहादुर, मणि, प्रभु साह, दावा तामाङ, गौरीशंकर चौधरी, लेखराज भट्ट र  चौधरी रहेका छन् । पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई मन्त्री बनाउछु भन्दै लगेका ओलीले नै पद माग्ने भए उतै जान भनेपछि उनीहरु थप विलखबन्दनमा परेका छन् । गए हुन्छ भन्दै ओलीले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले प्रचण्डलाई भेटेर लौ न हाम्रो गल्ती भएछ, आउने वातावरण बनाइदिन प¥यो भन्दै अनुनय विनय गर्न थालेका छन् ।

 बुधबार काठमाडौंमा आयोजित विशाल जनसभामा समेत प्रचण्डले सोही कुरा भनेका थिए । प्रचण्डले मन्त्रीहरु नै मूल घर पर्कन लागेको भन्दै ओलीलाई फुर्ती नगर्न चेतावनी नै दिएका थिए ।  ओलीले मान्छे नगनेको भन्दै मन्त्रीहरु नै प्रचण्डको शरणमा पुगेका छन् । यसबाट पनि ओली पतनको डिलमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । 

ओलीको कामचलाउ मन्त्री परिषद्मा रहेकाहरु नै मूल घरमा फर्केपछि ओलीको साथमा सोही भ्रष्टाचारी गिरोह मात्रै बाँकी रहने देखिन्छ । ओलीसँग किन यत्ति छिट्टै मोहभंग भयो त ? भन्ने प्रश्नमा एक मन्त्रीले भने, ओलीले सबै काम प्रालि जसरी चलाएका रहेछन् । त्यस्तासँग अब बस्न सकिदैन । उनले भने, ओली गुटमा अब छिट्टै ठूलो पहिरो जाँदैछ । अब हामी उता बस्न नसक्ने भयौ । अब मूल घरमा फर्कनुको विकल्प नै छैन ।

प्रतिक्रिया दिनुहोस