केरुङ जाने नेपाली महिला बढे: यसकारण जान्छन् केरुङ

विहीबार, १६ कार्तिक २०७४, ०७ : १०
केरुङ जाने नेपाली महिला बढे: यसकारण जान्छन् केरुङ

रसुवा ( नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो डेढ महिनामा साढे दुई सयको हाराहारीमा रसुवाका महिला केरुङ गएका छन् । तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेको माइती नेपाल रसुवाले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

चीन प्रवेश गर्ने महिलाको विवरण राख्न माइती नेपालले नाकामा सहायता कक्ष सञ्चालन गरेको छ ।केरुङमा काम गर्न जाने महिलाले मासिक १५ देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । जिल्लामा रोजगारीको अभाव र गरिबीको कारण त्यसतर्फ जानेको संख्या बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस