बलिउड अभिनेत्री गहना पक्राउ

पत्रपत्रिकाबाट

मंगलबार, २७ माघ २०७७, ०८ : ४४
बलिउड अभिनेत्री गहना  पक्राउ

पोर्न भिडियो निर्माणको आरोपमा बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छिन् । पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् । 

उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको छ । समाचारअनुसार उनी बाहेक यो मामिलामा अन्य मोडल, सहायक अभिनेत्री र केही निर्माण कम्पनीको पनि निगरानी गरिरहेको छ ।

उनीहरुलाई पनि एडल्ट फिल्म मोबाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ । –अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस