म्यानमारमा सैनिक ‘कु’ विरुद्ध विशाल प्रदर्शन

एजेन्सी

सोमबार, २६ माघ २०७७, ०८ : ०३
म्यानमारमा सैनिक ‘कु’ विरुद्ध विशाल प्रदर्शन

एजेन्सी । म्यानमारमा सैनिक ‘कु’ विरुद्ध दशकयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । त्यहाँ सैनिक ‘कु’ विरुद्ध १०औं हजार मानिस सडकमा उत्रिएको जनाएको छ ।

सडकमा उत्रिएका मानिसले सेनाको निर्णयको विरोध गर्दै नेत्री आङ साङ सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘हामी सैनिक तानाशाह चाहँदैनौं । हामी प्रजातन्त्र चाहन्छौं,’ मुख्य सहर याङ्गुनमा आयोजित ¥यालीमा सहभागीले नारा लगाउँदै भनेका छन् ।

‘कु’ पछि त्यहाँको सेनाले इन्टरनेट सेवा रोकेको थियो । उक्त सेवा आइतबार खुलाइएको छ । सेनाले नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको बताउँदै केही दिनअघि निर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा राखेर सत्ता हातमा लिएको हो । सत्ता हातमा लिएपछि सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।