दुर्घटना न्यूनीकरण गर्न हेटौंडा ट्राफिकलाई एक्सपर्टको सचेतनामुलक सामग्री सहयोग

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, २० : ०४
दुर्घटना न्यूनीकरण गर्न हेटौंडा ट्राफिकलाई एक्सपर्टको सचेतनामुलक सामग्री सहयोग

हेटौंडा । बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले सचेतनामुलक सामग्री सहयोग गरेको छ ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई आइतबार एक कार्यक्रमकाबीच ३ लाख रुपैयाँ बराबरको दूर्घटना न्यूनीकरण सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । 

जिल्ला ट्राफिक कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई सो दूर्घटना न्यूनीकरण सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा तथा आसपासका क्षेत्रमा अत्यधिक दूर्घटना हुने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि सचेतना सामग्री हस्तान्तरण गरिएको एक्सपर्टका निर्देशक अधिकारीले जानकारी दिए । 

सो क्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय हेटौंडाका प्रमुख प्रकाश पाण्डेले एक्सपर्टको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामि दिनमा पनि यस्तै सहयोग जारी रहोस् भन्दै सचेतनामुलक सामग्री दुर्घटना न्यूनीकरणमा सहयोगी बन्ने बताए ।

अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही ११ वटा देशमा रहेको शाखा कार्यालयहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले स्थापनाको समयदेखि नै समाजिक क्रियाकलाप गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस