यो साता दुई वटा आईपीओ, कति भर्ने ?

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, ०८ : ३०
यो साता दुई वटा आईपीओ, कति भर्ने ?

काठमाडौं । यो साता ग्रीनलाइफ हाइड्रोपावर कम्पनी र महिला लघुवित्तमा प्राथमिक सेयरका लागि आवेदन दिन सकिने भएको छ । ग्रीनलाइफले सर्वसाधारणका लागि शुक्रबार नै आईपीओ बिक्री खुला गरेको छ भने महिला लघुवित्तले बुधबारबाट प्राथमिक सेयर निष्कासन गर्नेछ । 

CG Hills

दुबै कम्पनीमा ३ लाखको संख्यामा मात्र आईपीओ निष्कासन गर्ने भएकाले यसमा आवेदक सबैले नपाउने सम्भावना रहेको छ । नेपालमा अहिले १५ लाख आवेदक पुगिसकेकाले सबैको भागमा नपर्ने भएको छ । यसर्थ यी दुबै कम्पनीमा १० कित्ता भरेमात्र पुग्छ । जसमा भाग्यमानीले मात्र १० कित्ता सेयर पाउने छ भने बाँकी १२ लाखको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस