काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि आज हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो । घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।
गर्भवती र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा तुरुन्त सुविधासम्पन्न अस्पतालमा पु¥याउन सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार