काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहिबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सपथ ग्रहण गराउँदै सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन् ।
उनले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए । कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनको भनाई छ ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाई छ ।
बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उनको भनाई छ । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त
बागलुङका किसानले गराए ७०५ पशुको बीमा