प्रचण्ड–माधव समूहको आमहड्ताल सफल पार्न मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ११ : ४५
प्रचण्ड–माधव समूहको आमहड्ताल सफल पार्न मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आमहड्ताल सफल पार्न  सडकमा निस्किएका छन् ।

राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न ललितपुरको सातदोबाटो क्षेत्रमा निस्किएका हुन् ।

प्रमुख स्वकीय सचिव शिवसिंह वलीले मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएका जानकारी दिए । वलीले सामाजिक सञ्जाल फेसबूकमा राखेको तस्वीरमा मुख्यमन्त्री भट्टसँगै नेता देव गुरुङ समेत देखिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस