काठमाडौँ । बैंकिङ कसुरमा संलग्न रही फरार रहेका व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाका काठमाडौँको टोलीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–५ घर भई भक्तपुर सानो थिमी बस्ने नर्बदा उपाध्याय भण्डारीलाई बैंकिङ कसुरमा आज पक्राउ गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा रु २१ लाखको चेक अनादर गरेको आरोपमा कसुर ठहर भई कैद सजाय पाएर भण्डारी फरार हुँदै आएकी थिइन् ।
उक्त मुद्दामा उनलाई दुई वर्ष कैद सजाय फैसला भएको थियो । उनलाई आजै पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको महाशाखाले जनाएको छ ।
यसैबीच ललितपुर महालक्ष्मी नगरपालिका–६ इमाडोल बस्ने ५५ वर्षका मणिकुमार थापा पनि बैंकिङ कसुर मुद्दामा पक्राउ परेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
यसअघि उनी विभिन्न व्यक्तिसँग रकम लिई सोबापत पैसा नभएको बैंकको चेक काटिदिने र सम्पर्कविहीन हुने गरेका थिए । उनीविरुद्ध परेको उजुरीको आधारमा गरिएको खोजतलासको क्रममा काठाडौँको कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ माघ २०७७, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ