काठमाडौँ । नवनियुक्त निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरले कान्तिपथस्थित निर्वाचन आयोगमा पद बहाली गर्नुभएको छ ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्वाचन आयुक्तको पदमा उहाँहरु आजै नियुक्त हुनुभएको हो । नियुक्तिपछि उहाँहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट शपथ लिनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा नवनियुक्त आयुक्तद्वयलाई स्वागत गर्दैे सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले एक÷एक मतका लागि प्रत्येक मतदाताको घरघरमा पुग्ने र हरदम क्रियाशील रहने नेपालकै एक सम्मानित संस्थाका रुपमा आयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, बालिग मताधिकार, निर्वाचन र जनतामा नीहित सार्वभौमसत्ताको रक्षा गर्ने आयोगले आफ्ना निर्णय तथा क्रियाकलापभित्र मात्र नभई बाहिरसमेत आफ्ना सरोकारवालाबीच आम सहमति खोज्नेछ ।”
प्रमुख निर्वाचन आयुक्त थपलियाले घोषित मितिमा निर्वाचन गर्न एकमन र सोंचका साथ अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोगमा सहमतिका आधारमा निर्णय हुने गरेको र समयको दबाब तथा विद्यमान अवस्थाका बारेमा नवनियुक्त आयुक्तलाई जानकारी गराउनुभयो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आयोगले पूर्णता पाएसँगै एकाकार भई काम गर्ने सन्दर्भमा अब थप बलियो भएको बताउनुभयो ।
नवनियुक्त निर्वाचन आयुक्तद्वयलाई आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सबै कर्मचारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ माघ २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया