काठमाडौँ । नवनियुक्त निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरले कान्तिपथस्थित निर्वाचन आयोगमा पद बहाली गर्नुभएको छ ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्वाचन आयुक्तको पदमा उहाँहरु आजै नियुक्त हुनुभएको हो । नियुक्तिपछि उहाँहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट शपथ लिनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा नवनियुक्त आयुक्तद्वयलाई स्वागत गर्दैे सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले एक÷एक मतका लागि प्रत्येक मतदाताको घरघरमा पुग्ने र हरदम क्रियाशील रहने नेपालकै एक सम्मानित संस्थाका रुपमा आयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, बालिग मताधिकार, निर्वाचन र जनतामा नीहित सार्वभौमसत्ताको रक्षा गर्ने आयोगले आफ्ना निर्णय तथा क्रियाकलापभित्र मात्र नभई बाहिरसमेत आफ्ना सरोकारवालाबीच आम सहमति खोज्नेछ ।”
प्रमुख निर्वाचन आयुक्त थपलियाले घोषित मितिमा निर्वाचन गर्न एकमन र सोंचका साथ अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोगमा सहमतिका आधारमा निर्णय हुने गरेको र समयको दबाब तथा विद्यमान अवस्थाका बारेमा नवनियुक्त आयुक्तलाई जानकारी गराउनुभयो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आयोगले पूर्णता पाएसँगै एकाकार भई काम गर्ने सन्दर्भमा अब थप बलियो भएको बताउनुभयो ।
नवनियुक्त निर्वाचन आयुक्तद्वयलाई आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सबै कर्मचारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ माघ २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली