संवैधानिक इजलासमा सरकारी वकिलहरुको बहस : ‘प्रधानमन्त्री ओलीको कदम स्वाभाविक’

पत्रपत्रिकाबाट

बुधबार, २१ माघ २०७७, ०८ : ०१
संवैधानिक इजलासमा सरकारी वकिलहरुको बहस :  ‘प्रधानमन्त्री ओलीको कदम स्वाभाविक’

file photo

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा  विपक्षीका  तर्फबाट  बहसको  सिलसिला  मङ्गलबार पनि जारी रह्यो । बहसमा सरकारी वकिल तथा प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले  संसदीय  शासन  प्रणालीमा  प्रधानमन्त्रीले  विगतका  अभ्यास  तथा  मूल्य  मान्यताबाट  काम  गर्न  पाउने अधिकार स्वाभाविक भएको जिकिर गरेका छन् । 

संसदीय शासन प्रणाली अवलम्बन गरेपछि त्यस्ता अधिकार  प्रधानमन्त्रीमा  छैनन्  भन्ने  जिकिर  गरिएको  संविधानमा नै त्रुटि रहेको बुझ्नुपर्ने उनीहरूको जिकिर छ । अदालतले वर्तमान विघटनसँग सम्बन्धित मुद्दामा पनि संसदीय शासन प्रणालीको अवधारणालाई ध्यानमा राखेर  संविधानको  व्याख्या  गर्नुपर्ने  जिकिर  विपक्षी  वकिलहरूको छ । 

बहस जारी राख्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायाधीशका प्रश्नमा बेस्ट मिनिस्टर प्रणालीमा प्रधानमन्त्रीसँग  अन्तर्निहित  अधिकार हुने  जिकिर  गरे । उनले मङ्गलबारको बहसमा  संविधानका धेरै धाराले प्रतिनिधि सभा विघटनको परिकल्पना गरेको पनि जिकिर गरे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस