काठमाडौं । सर्वोच्च शिखर सगरमाथालगायत मुलुकका अग्ला हिमाल आरोहण नै नगरी शिखर चुमेको दावी गर्ने ‘नक्कली पर्वतारोही’ बढ्न थालेसँगै सरकारले यसको नियन्त्रणका लागि अबदेखि जीपीएस ट्र्याकिङ गर्ने भएको छ ।
नेपाली सम्पर्क अधिकृतलाई गलत सूचना दिएर आरोहणको दावी गर्दै प्रमाणपत्र लिने प्रवृत्ति बढेसँगै सरकारले नियन्त्रणका लागि प्रविधिको उपयोग गर्न लागेको हो । केही समयअघि भारतीय दम्पत्ति दिनेश र ताराकेश्वरी राठौरको प्रमाणपत्र रद्द गरेको सरकारले आधा दर्जन अन्य आरोहीमाथि पनि छानबिन गरिरहेको छ ।
पछिल्लोपटक नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीको आरोहणमाथि छानबिन भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ माघ २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र