गीतकारसंग विवाह गर्दै गायिका अञ्जु पन्त

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०२ : २०
गीतकारसंग विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडौं । गितकार थिर कोइरालासँग गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् । इलामका कोइरालासँग उनको विवाह हुन लागेको बताइएको छ । 

अञ्जु र आफ्नो विवाह हुन लागेको थिरले पुष्टि गरे । “हामी विवाह बन्धनमा बाँधिने कुरा सत्य हो । तर, तत्काल भने होइन,” थिर  भन्छन्, “दुबै परिवारबीच कुरा भइरहेको छ । करिव एकवर्ष भित्र विवाह हुनसक्छ ।” 

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका खबरहरुले आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको थिर बताउँछन् । 

करिब तीन वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका छन् । थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । थिर गीतकार हुन् । 

सुरुमा मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छिन् । उनकी छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस