प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

रासस

सोमबार, १९ माघ २०७७, २० : ३६
प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा कोइराला

file photo

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताउनुभएको छ ।

सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध  कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले  कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म  विजय निश्चित भएको जिकिर गर्नुभयो । 

कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै  अन्तिम विकल्प भएको जिकिर गर्नुभयो । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस