काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमामा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित कार्यक्रममा नेता महरले, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत जनतासमेत सङ्घर्षरत रहेकै बेला नेतृ सूचीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको बताए।
विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे। उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताए ।
सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमाको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ माघ २०७७, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन हुनुपर्छ: महर
शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यक छ : नैनसिंह महर
महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर