आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ०८ : ५९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । यस बाहेकका अन्य सबै स्थानको मौसम सोमबार सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सोमबार राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। तराईका अधिकांश स्थानहरुमा भने हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस