ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, ०८ : ५९
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत किसनगंज धनतोला पंचायत वडा नं.१ महमारी खरुवानटोल थाना दिगलबैंक बस्ने २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन्।

बिहीबार बिहान झापा गाँउपालिका वडा नं। ४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस