प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलन घोषणा

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १६ : ५५
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलन घोषणा

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

यही माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा  प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।

 वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राष्ट्रिय रुपमै आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाए पनि केन्द्रीय समितिले निर्णय नगरेको हो ।

प्रतिक्रिया दिनुहोस