प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाई

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १० : २६
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार (आज) पनि सुनुवाइ जारी रहने छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ ।

सोमबारको सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको रिटहरु उपर आज पनि सुनुवाइ हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस