चितवनमा २१ प्रतिशत मात्र खर्च

रासस

शुक्रबार, ०९ माघ २०७७, १७ : ४५
चितवनमा २१ प्रतिशत मात्र खर्च

चितवन । चितवन जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो । 
 
जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए । 
 
उनका अनुसार प्रदेश सरकारबाट बिनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि बिनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो ।  कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उनले बताए । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ । 
 
कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ । 

प्रतिक्रिया दिनुहोस