मुख्यमन्त्री पौडेलको पद धरापमा, अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १६ : ४१
मुख्यमन्त्री पौडेलको पद धरापमा, अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको छ । उनीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज प्रदेशसभा बैठकमा पेस भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको छ । सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

प्रदेशसभाको बैठकमा प्रचण्ड–माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले विकासका काममा अग्रसर देखाउन नसकेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको समेत बताए । प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्नेछ। 

प्रतिक्रिया दिनुहोस