वकालतनामा दिएका वकिल अस्वीकृत, मुद्दा हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १५ : ५९
वकालतनामा दिएका वकिल अस्वीकृत, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीलाई बहस गर्नबाट रोकिएको छ । बिहीबार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए । योसँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ अघि वकालतनामा बुझाएका कानुन व्यवसायीले मात्र बहस गर्न पाउने भएका छन् । यसैबीच प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस