चितवन । चितवनको भरतपुर महानगरको गौरवको आयोजनाभित्र पर्ने सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा बन्ने भएको छ ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको निर्माण पक्षले जनाएको छ । महानगर प्रमुख रेनु दाहालले आज सिटी हल निर्माणको अनुगमन गर्दै निर्माण पक्षलाई समयमै काम सक्न निर्देशन दिएकी छन् ।
२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले यतिबेला रातदिन सिटी हल निर्माणको काम गरिरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
सात हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता