चितवन । चितवनको भरतपुर महानगरको गौरवको आयोजनाभित्र पर्ने सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा बन्ने भएको छ ।
भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको निर्माण पक्षले जनाएको छ । महानगर प्रमुख रेनु दाहालले आज सिटी हल निर्माणको अनुगमन गर्दै निर्माण पक्षलाई समयमै काम सक्न निर्देशन दिएकी छन् ।
२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले यतिबेला रातदिन सिटी हल निर्माणको काम गरिरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
सात हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान