बनियानी । झापाको भद्रपुर–५, झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुंगाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो । आगलागीबाट कपास पेल्ने मेसिन एकथान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ माघ २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना