प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, ०८ : ३२
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको छ । रिटमाथि बहस गर्ने वकीलहरुको संख्या धेरै भएको तथा एकै जनाले लामो समय बहस गर्दा सुनुवाइ प्रक्रया लम्बिने देखिएको छ । रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस