काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ ।
नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गर्नुभएको छ ।
विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उहाँहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गर्नुभएको छ ।
“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्बाध रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शक्तिपृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ ।
न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे–जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”
अदालतको संविधानसम्मत फैसलाले नेपालको लोकतन्त्रलाई सही मार्गमा अग्रसर गराउने र संविधानलाई सक्रिय पार्ने विश्वास गर्दै उहाँहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत फैसला दिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ माघ २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग