काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ ।
नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गर्नुभएको छ ।
विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उहाँहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गर्नुभएको छ ।
“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्बाध रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शक्तिपृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ ।
न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे–जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”
अदालतको संविधानसम्मत फैसलाले नेपालको लोकतन्त्रलाई सही मार्गमा अग्रसर गराउने र संविधानलाई सक्रिय पार्ने विश्वास गर्दै उहाँहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत फैसला दिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ माघ २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत