काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ ।
होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहनुभएका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुक्नुभयो । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उहाँले सो ओभरमा छ रन खर्चिनुभयो ।
आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिनुभयो । तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिनुभयो भने चौथो ओभरमा लामिछानेले आठ रन दिनुभयो । होबार्टका लागि उहाँले चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।
यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहनुभएको थियो । उक्त खेलमा उहाँले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिनुभएको थियो । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिनुभएको छ । लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ ।
योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ माघ २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए