राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन् ।
कंकालिनी २, सकरदहीका जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज बिहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिब २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए । स्थानीय बासिन्दा, वारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ माघ २०७७, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि