अफगानिस्तानमा दोस्रो विवाह गर्न चाहनेले अफगान तालिबान प्रमुखबाट लिखित स्वीकृति लिनु पर्ने

एजेन्सी

आइतबार, ०४ माघ २०७७, १२ : ५३
अफगानिस्तानमा दोस्रो विवाह गर्न चाहनेले अफगान तालिबान प्रमुखबाट लिखित स्वीकृति लिनु पर्ने

अफगानिस्तान । अफगानिस्तानमा तालिबान प्रमुख मुल्ला हैबतुल्लाहले वक्तव्य जारी गरेर आफ्ना नेताहरुलाई धेरै विवाह नगर्न अपिल गरेका छन्। अफगान तालिबानका नेताहरुलाई धेरै विवाह नगर्न अपिल गर्दै हैबतुल्लाहले यसबाट विपक्षीलाई आफूहरुविरुद्ध प्रोपगाण्डाको मौका नमिल्ने उल्लेख गरेका छन् ।

नेताहरुले धेरै विवाह गर्दा त्यसले ‘दुश्मन’ लाई आफूहरुविरुद्ध अफवाह तथा खेल्ने मौका मिल्ने भन्दै हैबतुल्लाहले सचेत गराएका हुन् । दोस्रो विवाह गर्न चाहनेले अफगान तालिवान प्रमुखबाट लिखित स्वीकृति लिनु पर्ने वक्तव्यमा उल्लेख छ ।

विवाह धेरै हुँदा त्यसका लागि (विवाहका लागि) नेताहरुबाट बजेटको माग बढेको पनि बताइएको छ । एक भन्दा बढि विवाहका लागि प्रतिबन्ध नलगाइए पनि सचेत भने पारिएको छ ।

प्रतिक्रिया दिनुहोस