काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।
जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उहाँले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गर्नुभयो । सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरिएको छ ।
जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकरा र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ माघ २०७७, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने