जनयुद्धको घोर अपमान गर्दा, किन मौन छन् तीन महिने जागिर खान गएका पूर्वमाओवादी

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, ०८ : १३
जनयुद्धको घोर अपमान गर्दा, किन मौन छन् तीन महिने जागिर खान गएका पूर्वमाओवादी

काठमाडौँ । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धको अहम् भूमिका रहेको छ । कोही कसैले स्वीकार गरे पनि नगरे पनि जनयुद्धले आमूल परिवर्तन ल्याइदिएको छ । नेपालका गणतन्त्रको स्थापना, सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मरिनपेक्षता जनयुद्धकै उपज हो । राजनीतिक परिवर्तनका अलावा राजनीतिक चेतनाको विकासमा समेत जनयुद्धले अहम् र महत्त्वपूर्ण भूमिका खेलेको तथ्यलाई कोहीकसैले पनि नजरअन्दाज गर्न सक्दैन । 

नेपालको मौलिक आन्दोलनका रूपमा स्थापित जनयुद्धलाई खड्ग ओली मार्काका केही मान्छेले मात्रै अस्वीकार गरेका हुन् । जुन आजपर्यन्त पनि ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्ने धृष्टता गरेका छन् । ओली आफैँ व्यक्तिहत्याको बाटोबाट राजनीतिमा आएका हुन् । 

झापामा सामान्तका नाममा अर्काका बाहरुको टाउको काट्नेमध्येका एक थिए ओली । तत्कालीन झापालीहरुको अगुवा राधाकृष्ण मैनाली र सीपी मैनालीलाई रसातलमा पु¥याउने पनि ओली नै थिए । आन्दोलनको मर्म र भावनालाई नजरअन्दाज गर्ने ओलीले पटक पटक नेपाली जनतालाई धोका दिएका छन् । सोही धोकाको उपजका रूपमा उनले जनयुद्धको अपमान गरेका हुन् । जुन अपमानलाई नेपाली जनताले स्वीकार गर्ने छैनन् र स्वीकार पनि गर्नु हुँदैन । 

ओलीले आफैले सहमति जनाएको, जनयुद्धलाई हेर्ने दृष्टिकोण विपरीत गएर पटक पटक अपहेलाना गरेका छन् । कोहीकसैलाई पनि आदार सत्कार गर्न नजानेका ओलीले जनयुद्धलाई कुुहिएको फर्सीभन्दा ओलीको क्षणिक जागिर खान गएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहरुलाई कुनै पनि विस्मात लाग्ला कि नलाग्ला ? ओलीको त्यस्तो टिप्पणीप्रति माओवादी आन्दोलनबाट राजनीतिमा स्थापित भएका लेखराज भट्टलाई छोला कि नछोला भन्ने प्रश्न अहम् रहेको छ । जनयुद्धलाई दुत्कार्ने ओलीको व्यवहारलाई माओवादीका कमान्डर भनिएका बादललाई छोला कि नछोला ?

माओवादी आन्दोलनको कमान्डर भए पनि रामबहादुर थापा अनेकन काण्डमा फसेका नेता हुन् । उनले कहिल्यै पनि आन्दोलनमा इमानदार भएर भूमिका निभाएका थिएनन् । पछिल्लो पटक ओलीको मन्त्रिमण्डलमा गृहमन्त्रालय सम्हालेको भए पनि उनले कुनै पनि भूमिका देखाउन सकेका छैनन् । नाम मात्रका मन्त्री थापाको महत्वपूर्ण काम भने ईश्वर पोखरेलले गर्छन् । 

निरिह भएर जागिर पचाउन लागेका बादलहरुलाई त गृह जिल्ला चितवनमा नै गद्धारको पदवी मिलि नै सकेको छ । ओलीले जनयुद्धलाई कुहिएको फर्सीभन्दा रमाइलो मानीमानी सुनेका लेखराज भट्टहरुलाई समेत इतिहासले धिक्कार्नेछ । जसले राजनीतिमा स्थापित गरायो, जसले बोकेर यहाँसम्म ल्यायो सोही नेतृत्वमाथि नै धोका दिएर हिँडेकाहरु भोलि पुनः रुँदैरुँदै नेकपाको संस्थापन पक्षका रूपमा रहेको प्रचण्ड–माधव नेपालको नेतृत्वमा समाहित त हुनेछन् । तर आन्दोलन र पार्टीलाई धोका दिएर हिँडेकाहरुलाई कुनै पनि भूमिका दिन नहुने मत पनि उत्तिकै उठेको छ । 

पछिल्ला दिनमा ओलीको हर्कतलाई स्वीकार गर्न तयार भएका बादलहरु सती गए पनि माओवादी आन्दोलनबाट आएका अधिकांश नेता तथा कार्यकर्ता मूल समूहमा नै रहेका छन् । किनकि जनताले बनाएका केही नेता गद्धार भए भन्दैमा सबै नेता गद्धार हुन सक्दैनन् । सबै नेता ओलीको तीन महिने जागिर खान गएका पनि छैनन् । किनकि अप्ठ्यारो बेलामा पार्टी छाडेर हिँड्नेलाई राजनीतिक इतिहासले क्षमा भने दिनेछैन । 

जनयुद्धको अपमान गर्ने ओली र उनको गिरोहमा संलग्न भएका केही पूर्वमाओवादी नेताहरु आगामी दिनमा पुनः मूल घरमा नै आउनेछन् । गल्ती भएकोमा प्राश्यचित गर्नेछन् । तर जनयुद्धलाई गरेको अपमान सहेर बसेका बादल, प्रभु साहहरु भोलि कुन मुख लिएर प्रचण्डको सामु प्रस्तुत होलान् ? त्यो भने हेर्न बाँकी रहेको छ । यस्तै पछिल्ला दिनमा माओवादीको नाममा अपराध गरेर प्रचण्डलाई अप्ठ्यारोमा पारेका कालीबहादुर खामहरुको समेत खड्ग ओलीसँग उठबस बढेको छ । प्रचण्डलाई साइजमा ल्याउने सर्तमा बादलले खामहरुलाई परिचालन गरेको बताइन्छ । नेपालको राजनीतिक इतिहासमा प्रचण्ड त्यस्ता पहाड हुन्, जसलाई ओली मण्डलीले कुहिनाले हानेर फुटाउने कुचेष्टा गरेको भन्दै राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस