कोमल वलीले गाइन् केपी ओलीबारे गीत

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, २१ : ३१
कोमल वलीले गाइन् केपी ओलीबारे गीत

फाइल तस्विर

काठमाडौं । गत चुनावताका गायक बद्री पंगेनीलले ‘मै पनि एमाले सै पनि एमाले’ बोलको गीत ल्याए । जतिबेला हालकी राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वली भने तत्कालीन एमालेसँग असन्ुष्ट थिइन् ।

असन्तुष्ट हुनेको कारण थियो राप्रपाबाट एमाले प्रवेश गरेकी उनले चुनावमा टिकट नपाउनु । बल्ल बल्ल राष्ट्रियसभामा सहमति भएपनि एमालेमा उनी खुलेकी थिइन् । उनै कोमल ओलीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केन्द्रीत रहेर उनले नयाँ गीत सार्वजनिक गरेकी हुन् । जसमा उनले ओलीलाई महान नेताको रुपमा चित्रित गरेकी छिन् । 

‘फेरि पनि ल्याउनु पर्छ केपी ओली...’लाई बोलको गीतमा ओली व्यक्ति नभइ विचारको खानी भएको उल्लेख गरिएको छ । 

फौद बहादुर बस्नेत र ध्रुवराज धितालसमेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्दो भन्दै उनको उच्च प्रशंशा गरिएको छ । अर्थात पुरै गीत प्रशंशा र ओली समृद्धिको सम्वाहक भएको भन्दै देशका लागि उनी चाहिने नेता भएको उल्लेख गरिएको छ । 
फौद बहादुर बस्नेतकै शब्द रहेको गीतमा संगीत ध्रुवराज धितालको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस