काठमाडौं । एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा आजबाटसेवा शुल्क लाग्ने भएको छ । कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट एक बैंकको कार्ड अर्को बैंकको एटिएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्ने गरेको थिएन ।
राष्ट्र बैंकले शुल्क लिनपाउने व्यवस्था गरेपछि आजबाट शुल्क लाग्ने भएको हो । राष्ट्र बैंकले भने महिनामा दुई पटक अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
त्यस्तै दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने पनि व्यवस्था गर्न निर्देशन गरेको छ । राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य बढ्यो, कती पुग्यो तोलामा
काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने तयारीमा राष्ट्रिय वाणिज्य बैंक
सुनको मूल्यमा सामान्य गिरावट
एनसेलले ल्यायो उद्यमी, व्यावसायीहरुलाई लक्षित गर्दै सुलभ दरको नयाँ ‘बिजप्लस प्लान’
किन छाने ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार ?