म्यानचेस्टर सिटी विजयी

एजेन्सी

विहीबार, ०१ माघ २०७७, ०८ : ४७
म्यानचेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई १–० ले पराजित गरेको हो ।

सिटीको जितमा ४४ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टर सिटी सबै प्रतियोगितामा परेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ । जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा टोटनह्याम फुलह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । टोटनह्यामका लागि २५ औँ मिनेटमा ह्यारी केनले गोल गरे भने फुलह्यामका लागि काभालेइरोले ७४ औँ मिनेटमा बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस