प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनु पर्छ : देव गुरुङ

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, १७ : ५५
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनु पर्छ : देव गुरुङ

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य देव गुरुङले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनु पर्ने बताएका छन् ।

उनले प्रतिनिधि सभा विघटनको मुद्दा प्रधानन्यायाधिशको एकल इजलासबाट संवैधानिक इजलासमा पठाउने निर्णय बेठिक भएको बताए । प्रतिनिधि सभा विघटन सम्बन्धी परेको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने उनको भनाई छ । 

संवैधानिक इजलासमा पठाउनु, इजलासमा वरियताक्रम मिच्नु जस्ता कुराहरुले सर्वोच्च अदालतले न्याय निष्पक्ष र स्वतन्त्र रुपमा दिने कुरामा प्रश्न उठेको उनले बताए । गल्ती सच्याउँदै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनुपर्ने उनको भनाई छ । 

निर्वाचन आयोगले दलको आधिकारिकताबारे निर्णय दिन ढिला गरेको भन्दै उनले आयोग राजनीतिबाट प्रभावित भएको हो कि भन्ने शंका उठ्ने ठाउँ रहेको बताए ।
 

प्रतिक्रिया दिनुहोस