काठमाडौं । कुनै समयका सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पत्रकारहरुलाई लक्षित गरेर दुई तिहाईको सरकारलाई हेप्नी ? भनेपछि यो शब्द अत्याधिक चर्चामा आएको थियो । तर अब भने यो शब्द प्रयोग गरेर गीत नै बनेको छ ।
लोकराज अधिकारीको शब्द तथा अहिलेका चर्चित एवम् व्यस्त संगीतकार र एरेञ्जर योगेशकाजी तथा एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
सामान्य असावधानी वा असमझदारीले बिवाहित जीवनलाई भड्काएर अदालतको ढोकासम्म पुर्याउँने वास्तविक कथा समेटिएको भिडियोमा वर्षा सिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरी बैरागी, मनिषा सिलवाल लगायतको अभिनय रहेको छ ।
अजय रेग्मीको छायाँकन रहेको भिडियोको निर्देशन क्रान्ती के.सी.ले गरेका हुन् । (भिडियो)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ पुस २०७७, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘द कपिल शर्मा शो’ बन्द हुने
वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन
सुशान्त सिंहको सम्मानमा हुने भयो सडकको नामाकरण
बलिउडमा वर्दी लगाएर देखिएका अभिनेता, कुन फिल्म भयो हिट ?
नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्छ : मन्त्री मानन्धर
हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’