म्यानचेस्टर सिटी पुग्यो फाइनलमा

एजेन्सी

विहीबार, २३ पुस २०७७, ०९ : ३०
म्यानचेस्टर सिटी पुग्यो फाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Yeti Diistillery Tansen Cement box

बुधबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । सिटीको जितमा ५० औँ मिनेटमा जोन स्टोन्स र ८३ औँ मिनेटमा फेर्नान्डिन्होले गोल गरे ।

Upakar

प्रतिक्रिया दिनुहोस