काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षीय पुरुष छन् । योसँगै हालसम्म गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० पुस २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती