काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षीय पुरुष छन् । योसँगै हालसम्म गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० पुस २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता