चिसोयाममा ओठ फुट्छ, यो टिप्स प्रयोग गर्नुस, यसबाट जोगिन सकिन्छ

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, ०९ : ५६
चिसोयाममा ओठ फुट्छ, यो टिप्स प्रयोग गर्नुस, यसबाट जोगिन सकिन्छ

काठमाडौँ । पुसको महिना शुरु भएसंगै चिसोयामको मौसम शुरु भएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएको छ । चिसोयाममा अन्य समस्या हुनसक्छ, त्यसमा पनि अत्याधिक मानिसमा ओठ फुट्ने समस्या हुन्छ ।

यसले तपाईंको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । कहिलेकाही त ओठ फुटेर रगत समेत निस्केन अवस्था आउन सक्छ ।  यस्तो बेला के गर्न सकिन्छ ? यसको निवारणका लागि तल उल्लेखित टिप्स प्रभावकारी बन्न सक्छ । 

– लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
– हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
– हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
– २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
– कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
– पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
– जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
– धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
– तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
– ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस