काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आज कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा आज शङ्खनाद गरेको छ ।
सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए । सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरुले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताउनुभयो । सो विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित