ललितपुरमा ९ वर्षिया बालिका बलात्कृत, एकजना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १२ : ०३
ललितपुरमा ९ वर्षिया बालिका बलात्कृत, एकजना पक्राउ

काठमाडौं । ललितपुरमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विक रहेका छन् । पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस