झारफुक गर्ने बहानामा जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १३ : ०५
झारफुक गर्ने बहानामा जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा झारफुक गर्ने बहानामा जवरजस्ती करणी  गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ परेका हुन् ।

सुनारले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।