काठमाडौँ । गएको शुक्रबार जनकपुरतर्फ जानुपर्ने उडान पोखरा पुगेको घटनामा बुद्ध एयरले माफी मागेको छ । बुधबार कम्पनीले विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गरेको उल्लेख गर्दै भविष्यमा नदोहोर्याउने प्रतिबद्धता जनाएको छ ।
बुद्धको माइक यांकी एटीआर विमान जनकपुरका लागि ६९ यात्रु राखेर शुक्रबार काठमाडौंबाट पोखरा पुगेको थियो । ‘यो विशेष घटनाको सम्बन्धमा हामी हाम्रा यात्रुलाई परेको असुविधाका लागि हृदयदेखि माफी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै भविष्यमा यस्ता घटना नदोहोरिने विश्वास पनि दिलाउन चाहन्छौं ।’
त्यसै दिन उक्त उडान फेरि पोखराबाट ४५ मिनेटपछि जनकपुरतर्फ उडेको थियो । बुद्धले आफ्नो ग्राउन्ड अप्रेसन र चालक दलबीच मिस कम्युनिकेसन भएका कारण यो घटना भएको जनाएको छ । ‘यो घटनाको मूल कारण पत्ता लगाउन आन्तरिक अनुसन्धान पनि गर्यौं,’ बुद्धले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिने छैनन् ।
हामीले अनुसन्धानपछि हाम्रा उडानसँग सम्बन्धित प्रक्रिया तथा म्यानुअलहरु पनि परिमार्जन गरेका छौं ।’ आफ्नो अनुसन्धानको प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई पनि बुझाएको उल्लेख गर्दै उक्त निकायले गर्ने थप अनुसन्धानपछि जारी गरिने निर्देशन पनि पालना गर्ने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण