प्रतिनिधि सभा विघटन भएको छैन : सांसदहरु

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १७ : ३३
प्रतिनिधि सभा विघटन भएको छैन : सांसदहरु

फाइल तस्विर

काठमाडौँ । सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् । 

बुधबार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव समुहको सांसदहरुको भेलामा सहभागी भएका सांसदहरुले प्रतिनिधि सभाको विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् । 

प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद विघटन प्रक्रियागत हिसाबले कतै पनि नमिलेको सांसद गजुरेलले बताए ।

सांसद जीवनराम श्रेष्ठले संविधानमा संसद विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गरे । सरकारको प्रतिनिधि सभा बिघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद जिवित रहेको प्रतिक्रिया दिए । उनले आफुहरुले सांसदको रुपमा काम पनि गरिरहेको पनि बताए ।

राष्ट्रिय सभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधि सभा विघटन नभएको बताए । प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै यसलाई खारेज गर्न आफुहरुले प्रतिबद्धता जाहेर गरेको उनको भनाई छ । उनले राष्ट्रिय सभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपिल गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस