पार्टी अस्ति १ गते नै फुटेको हो, ओलीसँग अर्को विकल्प थिएन : परराष्ट्रमन्त्री ज्ञवाली

पत्रपत्रिकाबाट

सोमबार, ०६ पुस २०७७, ०७ : ५३
पार्टी अस्ति १ गते नै फुटेको हो, ओलीसँग अर्को विकल्प थिएन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वस्तुतः पार्टी पुस १ गते नै फुटेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै कान्तिपुर दैनिकले यो घटनालाई पार्टी फुटको ढोका भनेर बुझौं भनेर सोधेको प्रश्नमा उनले भनेका छन्, ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो ।

त्यो दिन संसदीय दलको नेतालाई थाहै नदिईकन विशेष अधिवेशन बोलाउनका लागि साथीहरू कुद्नुभयो र आज छलफल चल्दै गर्दा अविश्वासको प्रस्ताव दर्ता हुन्छ भने साथीहरूले विभाजनको बीउ त धेरै अगाडि नै रोप्नुभएको हो भन्ने प्रस्टै छ नि ?’ केपी शर्मा ओलीमाथि यो बाहेक अरु विकल्प नभएको पनि उनले दावी गरेका छन् ।

 ‘उहाँ हिजो मात्रै पनि प्रचण्ड कमरेडकोमा जानुभयो र अत्यन्त पूर्वाग्रहपूर्ण आरोपपत्र फिर्ता लिएर स्थितिलाई सहज बनाऔं भन्नुभयो । त्यसपछाडि पार्टीको विशेष अधिवेशन गरौं भन्नुभयो, जुन सीमित प्रतिनिधिका बीचमा नेतृत्व परिवर्तनको म्यान्डेट दिएर मात्रै पनि गर्न सकिन्थ्यो । सरकारकै हकमा पनि उहाँले एउटा प्रस्ताव राख्नुभएको थियो तर केही कुराको पनि सुनुवाइ भएन ।

कमिटीले नै फैसला गर्छ भनेर पार्टीभित्रको समस्या गणितीय हिसाबले समाधान गर्ने कुरा प्रचण्डले गर्नुभयो । त्यसमाथि सरकारको हकमा त के तयारी रहेछ भन्ने कुरा बिहान प्रकट नै भइहाल्यो ।’

प्रतिक्रिया दिनुहोस