नेपाली साहित्यका गोलसिमल गीतकार नन्दन सम्मानित

सूर्यप्रकाश कँडेल

शनिबार, ०४ पुस २०७७, १३ : १०
नेपाली साहित्यका गोलसिमल गीतकार नन्दन सम्मानित

तस्वीर : सूर्यप्रकाश कँडेल

चितवन । प्रसिद्ध गीतकार एवम् साहित्यकार प्रेमविनोद नन्दन सम्मानित भएका छन् । गीतकार संघ नेपालको आठौं स्रस्टा सम्मान तथा दशौं वार्षिकोत्सव अन्तर्गत नारायणगढमा शनिबार आयोजित कार्यक्रममा स्रस्टा नन्दनलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गीतकार नन्दनलाई सम्मानपत्र सहित दोसल्ला ओढाई एक लाख रुपैयाँ नगद राशीले राष्ट्रिय स्रस्टा सम्मान गरेका हुन् । 

गीतकार नन्दनको साहित्यिक योगदानको कदर गर्दै कविवर माधव घिमिरेले उनलाई गोलसिमलको उपाधि दिएका थिए । नेपाली साहित्याकाशमा नन्दनको भूमिका अतुलनीय छ ।

प्रतिक्रिया दिनुहोस