काठमाडौँ । केआइसिंह गाउँपालिलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष तथा वडा नं ५ का बासिन्दा जीतेन्द्र शाहीको पहलमा उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई आज हस्तान्तरण गरिएको हो ।
अध्यक्ष शाहीका बुबा दीलबहादुर शाहीले गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । कोरोना कहरका समयमा विदेशमा रहेर पनि जिल्लावासीलाई विभिन्न औषधि तथा आर्थिक सहयोग गर्दै आउनुभएका शाहीले गाउँपालिकामा आफ्नो पहलमा एम्बुलेन्स प्रदान गर्नु भएपछि यहाँका नागरिक निकै खुशी भएका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।
एम्बुलेन्स आएपछि अब गाउँका दुर्गम क्षेत्रमा नागरिक बिरामी पर्दा अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ पुस २०७७, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्ग अवरुद्ध हुँदा जाममा परेको एम्बुलेन्समै बिरामीको मृत्यु
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत