चितवन । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।
समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उनले जानकारी दिए । एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले संयोजन गर्ने गरी सञ्चालक समिति बनाएर व्यवस्थापन गरिने छ ।
दूधपोखरी जिल्लाको सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा पर्दछ । यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिकामा ११ हजार जनसङ्ख्या रहेको छ । एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पुर्याउने न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ पुस २०७७, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
युवाको सहयोगमा गाउँमा एम्बुलेन्स
चितवनमा नवीकरण भएनन् पुराना एम्बुलेन्स
एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र
प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या