काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
कांग्रेस मकवानपुरले आज हेटौँडा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आरोप लगाउनुभयो ।
सो अवसरमा सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताउनुभयो ।
सोही सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हरेक परिस्थितिमा कांग्रेसले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाउँदै कांग्रेसले सरकारले गरेको राम्रो काममा सहयोग गर्ने र जनताको विपक्षमा हुने काममा खबरदारी गर्ने उद्घोष गर्नुभयो ।
वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जनविरोधी कार्यप्रति कांग्रेसले खबरदारी गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ मंसिर २०७७, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा